काठमाडौँको ‘राजनीति’ले भुङ्ग्रोमा परेका प्रदेश सरकार
ukaalo.com · Sun Jul 09 21:00:35 GMT 2023
काठमाडौँ– कोशी प्रदेशमा निर्वाचनपछि बनेको पहिलो गठबन्धन सरकार ६ महिना पुग्दानपुग्दै ढलेपछि गठन भएको अर्को गठबन्धन सरकारको वैधतालाई लिएर उठेको प्रश्न अदालतमा पुगेको छ। नयाँ सरकारको वैधतामाथि प्रश्न उठाएर एमालेका कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया नै असंवैधानिक भएको दाबी गर्दै शुक्रबार वारेसनामामार्फत सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको यो रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेकाले सुनुवाइ भएन।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)