गर्मी र लामखुट्टे छउन्जेल भैरहवा राखिएका रविलाई चुनाव लागेपछि काठमाडौँ ल्याउने तयारी
barnanmedia.com · Fri Aug 15 21:35:41 GMT 2025

सूर्यदर्शन सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि गत वर्षको कात्तिक महिनामा रवि लामिछानेलाई पक्राउ गरी पोखरा लगिएको थियो । जाडो महिनाभर उनलाई पोखराकै हिरासतमा राखियो । कात्तिक सुरुमै पक्राउ परेका उनले मंसिर र पुसको जाडो कास्की प्रहरीकै हिरासतमा कटाए । पुस अन्तिमतिर उनी धरौटीमा छुटेर काठमाडौँ आए ।
काठमाडौँ आएपछि पनि उनले मुक्ति पाएनन् । स्वर्णलक्ष्मी सहकारीको ठगी सम्बन्धी मुद्दाको प्रतिवादका लागि हाजिर भए । पोखरामा ६५ लाख धरौटी बुझाएका उनले काठमाडौँमा थप ६० लाख बुझाउनुपर्यो । काठमाडौँबाट चितवन गएर सहारा चितवन सहकारी ठगी प्रकरणमा उनले अदालतमा हाजिर जनाए । त्यहाँ उनले ५४ लाख रुपैयाँ धरौटी राख्नुपर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)