कोभिडका सबै प्रतिबन्धात्मक आदेश डेढ महिनापछि खारेज
nayapatrikadaily.com · Sat Mar 05 00:50:00 GMT 2022
अब १२ वर्षमुनिका विद्यार्थीको पनि नियमित कक्षा सञ्चालन हुने भएको छ । यसअघि १२ वर्षमुनिका बालबालिकालाई आलोपालो गरी कक्षा सञ्चालनको निर्णय भए पनि कोभिड– १९ संक्रमणदर घटेको भन्दै सरकारले नियमित कक्षा सञ्चालनको निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको हो ।
जसअनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कक्षा सञ्चालनको अनुमति दिने निर्णय गरेका हुन् । ‘१२ वर्षमाथिका विद्यार्थीले खोप लगाइसकेर नियमित कक्षा भइरहेको थियो,’ शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘तर, त्यसमुनिका बालबालिकामा खोप नलगाइए पनि संक्रमणदर घटेर जोखिम टरेको आकलनअनुसार कक्षा सञ्चालनबारे निर्णयको अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिइएको हो । जसअनुसार जिल्ला प्रशासनले स्थानीय तहसँग समन्वय गरेर प्रतिबन्ध हटाउन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)