रविको जेल अड्डा सार्न गृहमन्त्रीको जालझेल, नमागेको नुक्खुमा स्थानान्तरण हुने
barnanmedia.com · Fri Aug 15 21:42:04 GMT 2025

रास्वपा सभापति रवि लामिछानेले भैरहवा कारागा र बाट डिल्लीबजार सरुवा गरिदिन गत जेठमै निवेदन दिएका थिए। तर, गृहमन्त्री रमेश लेखकले कसै मान्छेको दबाबमा रोकेर राखिदिए। गत साता मात्र भैरहवा कारागारको अनुगमन गरेको राष्ट्रिय मानव अधिकार आयोगले प्रश्न उठाएपछि रविको अड्डासार निर्णय भएको छ। तर, यसमा पनि गृहमन्त्री लेखकले जालझेल गरेका छन् उनी ले मागेका थिए दिल्लीवजार कारागर उनलाई ल्याउने भए नखुमा। रवि संसदको चौथो दलका सभापति मात्र होइन पुवॅ उपप्रधान तथा गृहमन्त्री पनि हुन्। उनी सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा भए पनि भिआइपी बन्दी भएकाले सरकारले पनि मागेको ठाउँमा अड्डा सार गर्नुपर्ने हो। तर, सरकारले पनि राजनीतिक प्रतिसोध साध्दै आएको छ। अदालतले पनि अड्डासारको अनुमति दिइसकेको र मानवअधिकार आयोगले पनि निर्देशन दिएपछि गृहमन्त्री लेखकलाई संसदको राज्य व्यवस्था समितिले बोलाएको थियो। सांसदका तिखा प्रश्न सामना गरेका लेखकले ग्रिन सिंग्नल दिएपछि कारागार व्यवस्थापन विभागले रविलाई नक्खु कारागारमा स्थानान्तरणका लागि रुपन्देही कारागारलाई शुक्रबार पत्र लेखेको हो । अब जिल्ला कारागारले सुरक्षा व्यवस्थापन मिलाएर स्थानान्तरण गर्छ। मानव अधिकार आयोगले गत साता उनी बसेको कारागारको निरीक्षण गरी स्थानान्तरण रोक्नुको कारणबारे जवाफ मागेको थियो । त्यसपछि विभागले उनको स्थानान्तरण प्रक्रिया अघि बढाएको हो ।
परिवार र पार्टीभित्रको भेटघाटलाई सहज बनाउन लामिछाने डिल्लीबजार आउन चाहेका हुन् । काठमाडौँ र ललितपुरमा तीन वटा कारागार छन्। त्यसमध्ये कम कैदीबन्दी रहेको डिल्लीबजारमा भीआईपी कैदी बढी रहने गरेका छन्। लामिछानेले पनि सोही कारागारमा बस्न चाहेका छन्। करिब सात सय कैदीबन्दी रहेको डिल्लीबजार कारागारमा पूर्वमन्त्री र पूर्वसांसददेखि प्रभावशाली व्यक्तिहरू सजाय भुक्तान गरिरहेका छन्। गण्डकीका पूर्वमन्त्री राजिव गुरुङ मनाङे पनि यही कारागारमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)