कांग्रेसकाे अवराेधपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेस हुन सकेन, सदनकाे बैठक स्थगित
Ujyaaloonline.com · Tue May 14 22:49:01 UTC 2024

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकाे अवराेधपछि सङ्घीय संसद्काे दुवै सदनकाे बैठक स्थगित भएकाे छ ।
राष्ट्रपति रामचन्द्र पाैडेलले सङ्घीय संसद्काे संयुक्त बैठकमा सरकारकाे आउँदाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै बसेकाे प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसदले नाराबाजी गर्दै बैठकमा अवराेध गरेका हुन् । याे बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियाे । तर विषयमा प्रवेश गर्न नपाउँदै कांग्रेस सांसदले नाराबाजी गरी अवराेध गरेसँगै सभामुख देवराज घिमिरेले अर्काे बैठक पर्सि बिहीवार बिहान ११ बजेका लागि बाेलाउनुभएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)