मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश खाद्य परिषद् गठन गर्न माग

rajdhanidaily.com · Tue May 14 23:15:56 UTC 2024

दैलेख । खाद्य अधिकार संञ्जाल सुर्खेत, फियान नेपालले ‘प्रदेश खाद्य परिषद्’ गठन गर्न माग गरेका छन् । खाद्य अधिकारकर्मिले खाद्य अधिकार तथा सम्प्रभूता सुनिश्चितता ऐन,२०७७ जारी भएको व्यवस्था भए बमोजिम प्रदेश खाद्य परिषद गठन गर्न माग गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरि प्रसाद घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरेको अवगत गराउँदै प्रदेश सरकारको उक्त हकको व्यवहारिक कार्यान्वयनको लागि नियमावली संशोधन र प्रदेश खाद्य परिषद गठन गन आवश्यक भएको भन्दै ज्ञापन पत्र बुझाएको फियान नेपालका प्रकाश सिंह नेगी राजधानीलाई जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)