तेस्रो पटक विघटनको संघारमा संसद !
reportersnepal.com · Thu Sep 16 16:53:03 GMT 2021
भदौ ३१, काठमाण्डौ । अहिले मुलुक राजनीतिक स्वार्थका कारण गम्भीर अवस्थामा पुगेको छ । सत्तारुढ र विपक्षी दलका आ आफ्नै स्वर्थाका कारण राज्य संयन्त्रलाई नै बन्धक बनाइएको छ । मुलुक गणतन्त्र र संघीयतामा गए यता पहिलो पटक बजेट होलिडे लागू भइसकेको छ । आफूले निष्कासन गरेका १४ जना सांसदलाई कारवाही नगरेर सभामुख अग्निप्रसाद सापकोटा नेकपा एमाले विभाजनको मतियार बनेको आरोप प्रमुख प्रतिपक्षी दलको छ । त्यही कारण प्रतिनिधि सभाको नवौँ अधिवेसन पहिलो दिनदेखि नै अवरुद्ध हुँदै आएको छ ।
संसद सुचारु गर्नका लागि एमालेको मात्र दुईटा माग छ । सभामुखले कि १४ जना सांसदलाई निष्कासन गरेको सूचना टाँस्नु प¥यो नत्र आफैँले मार्ग प्रसस्त गर्नु प¥यो । अन्यथा संसद चल्नै नदिने एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउँछन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र सभामुख सापकोटाले विपक्षीको आक्रोसका कारण राजिनामा दिने विश्वास गर्न सकिँदैन । अध्यादेश जारी गराएर एमालेलाई विभाजनसम्म पु¥याउन सहयोग गर्ने सत्तारुढ दलले प्रमुख प्रतिपक्षीको यो दुवै माग स्वीकार गर्ने सम्भावना छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)