गोली प्रहार गर्दा एक जनाको मृत्यु
barnanmedia.com · Fri Aug 15 22:47:07 GMT 2025

सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा शुक्रबार राति अज्ञात समूहले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार राति अन्दाजी ८:२० बजेको समयमा महादेव यादवका ४० वर्षीय छोरा रामपुकार यादवलाई अपरिचित व्यक्तिहरूले गोली हानेका थिए ।
टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्कालै उपचारका लागि महोत्तरीस्थित जानकी हेल्थ केयरमा लगिएको थियो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना, इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा ११ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)