कोभिड–१९ को तेस्रो र चौथो लहरमा एमआइएस–सी संक्रमण बढी देखिने
nepalbahas.com · Wed Jun 09 17:01:09 GMT 2021
२६ जेठ, काठमाडौं । नेपालमा कोभिड–१९ को पहिलो र दोस्रो लहरमा नै बालबालिकामा ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम’ ‘एमआइएस–सी’ को संक्रमण देखिएको छ । यो बालबालबालिकामा देखिने कोभिड–१९ को संक्रमणपछिको जलिटलता हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को संक्रमणको तेस्रो र चौथो लहरमा एमआइएस–सी संक्रमण देखिने बढी जनाएको छ ।एमआइएस–सी भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या हो । मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले संक्रमणको पहिलो लहर सकिने लाग्दा नै बालबालिकामा त्यस्तो संक्रमण देखिन थालेको पुष्टि गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)