मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विषाक्त मदिरा सेवनले कुवेतमा मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

rajdhanidaily.com · Fri Aug 15 23:03:36 GMT 2025

काठमाडौं । विषाक्त मदिरा सेवनले कुवेतमा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । अति प्रज्वलनशील पदार्थ मेथा–नोल मिस्रित मदिरा सेवनबाट १६ नेपाली कामदारको मृत्यु भएको नेपाल पत्रकार महासंघ शाखा कुवेतले जनाएको छ।

कुवेतको विभिन्न स्थानमा २३ जना आप्रवासी श्रमिकको मृत्यु भएकोमा तीमध्ये १६ जना नेपालीको तीन दिनको अवधिमा मृत्यु भएको हो। महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल र सचिव आङ्काजी शेर्पाले एक विज्ञप्ति जारी गर्दै मदिरा पिएर बिरामी परेका १ सय ६० जनाभन्दा बढीको स्थानीय अस्पातलको सघन कक्षमा उपचार भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)