इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक
ekantipur.com · Wed May 15 00:07:37 UTC 2024
काठमाडौँ — इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ । नर्वेली खेलाडी हालान्डले ५१ औं मिनेटमा पहिलो गोल गरे ।
त्यसपछि दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा पेनाल्टीबाट दोस्रो गोल थपे । यो जितपछि पेप ग्वार्डिओलाको सिटीले लिग तालिकाको शीर्षमा आर्सनलमाथि दुई अंकको अग्रता लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)