गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै विद्रोहको संकेत कांग्रेसमा
nepalghatana.com · Sun Oct 02 17:30:00 GMT 2022
नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको चियापान समारोहले विद्रोहको संकेत देखाएको छ । चुनावी सिट बाँडफाँटमा असन्तुष्ट नेता शेखर कोइराला समुहले उम्मेद्वार छनोटमा मनोमानी भए गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै विद्रोहको संकेत देखाएको हो ।
सत्तागठबन्धनभित्र अहिले सिट बाँडफाँडको रस्सकस्सी चलिरहेको छ । डेढ महिना लगातार सिट बाँडफाँड गर्न बनेको सत्तारूढ गठबन्धनको कार्यदलले गरेको गृहकार्य अन्तिम चरणमा छ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमा सिटकै विषयले संस्थापन र कोइराला समूहबीच विवाद बढिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)