एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोलीका लागि ७ वटै गेट निर्माण !
news24nepal.tv · Fri Sep 25 14:28:15 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को माहोल प्रतियोगिता सुरु हुनुअघि नै उत्सवमय बनाउन एक्सट्रीम इनर्जी ड्रिङ्कले विशेष सक्रियता सुरु गरेको छ। सिजन-३ मा सहभागी ८ टोलीमध्ये ७ टोलीको प्रायोजक रहेको एक्सट्रीमले TU अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाहिर ७ टोलीलाई समर्पित ७ वटै गेट तयार गरेको हो ।
एनपीएलका खेलहरू हुने मुख्य स्थल बाहिरै समर्थकलाई टोलीको उत्साहसँग जोड्ने उद्देश्यले तयार गरिएका यी गेटहरूमा सम्बन्धित टोलीको पहिचान र एक्सट्रीमको ब्रान्डिङलाई प्रस्तुत गरिएको छ। एनपीएल सुरु हुनुअघि नै यस स्तरको activation सुरु गर्ने पहिलो ब्रान्ड एक्सट्रीम रहेको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)