ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण
nepallive.com · Sun Jun 28 14:21:15 GMT 2026

काठमाडौं– काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको उडान नम्बर SHA 227 को जहाजले ककपिटमा धुवाँ देखिएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार आपतकालीन अवतरण गरेको छ।
विमानले करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो। विमान उडानका क्रममा ककपिटमा धुवाँ देखिएपछि चालक दलले तत्काल सुरक्षा सतर्कता अपनाउँदै भैरहवामा आपतकालीन अवतरण गराएको विमानस्थल स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)
काठमाडौँ