मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फरक मत राख्ने बढे, फकाउँदै दाहाल

annapurnapost.com · Sat Mar 05 06:52:00 GMT 2022

काठमाडौं : एमसीसी राष्ट्रहितविपरीत भन्दै माओवादी केन्द्रको शुक्रबारको बैठकमा फरक मत राख्ने नेताहरूको संख्या बढेको छ। यसअघि पूर्व एकता केन्द्र मसाल समूहले मात्रै विरोध गर्दै आएकोमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर पूर्वसभामुख कृष्णबहादुर महरा र प्रमुख सचेतक देव गुरुङले पनि फरक मत राखेका छन्।

प्रचण्डले एकल निर्णय गरेर पार्टीलाई एमसीसी अनुमोदनका पक्षमा उभ्याएको भन्दै पूर्व एकता केन्द्र मसाल समूहका नारायणकाजी श्रेष्ठसहित नेताहरूले विरोध जनाउँदै आएका थिए। प्रचण्डले श्रेष्ठलाई ‘पार्टी छोडेर जान’ भनेपछि पार्टीमा विवाद बढेको थियो। विवादबीच शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रचण्ड पक्षधर नेताहरूले पनि लिखित रूपमै फरक मत राखेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)