बोली, काम र प्रचण्ड
ekantipur.com · Thu Jan 25 00:55:07 GMT 2024
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धेरै बोल्ने र थोरै काम गर्ने छवि बनाउँदै गएका छन् । तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले उल्लेख्य काम गर्न सकेका छन् । पहिलो दुई कार्यकाल उनले विवादित भएरै बिताएका थिए । अहिले पनि विभिन्न भ्रष्टाचार काण्डको छानबिन गर्ने, राष्ट्रिय गौरवका विकाश आयोजनालाई तीव्रता दिने काममा उनले अग्रसरता लिएका छैनन् ।
सत्यनिरुपण र मेलमिलापको काम अल्झिँदा सशस्त्र द्वन्द्वका पीडितलाई न्याय पाउन सकेका छैनन् । तत्कालीन सशस्त्र विद्रोहका नेता प्रचण्डले आफू तीन पटक प्रधानमन्त्री हुँदा पनि संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन चाहेको देखिँदैन । प्रधानमन्त्री प्रचण्डको अहिलेको कार्यकालमा सुन काण्ड, भुटानी शरणार्थी काण्ड, एनसेल काण्ड भए । यसमा निष्पक्ष छानबिन भएको प्रत्याभूति जनताले गर्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)