मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मौसम परिवर्तनसँगै नाक, कान र घाँटीमा देखिने समस्या र बच्ने उपाय

khabarhub.com · Fri Feb 23 01:21:03 GMT 2024

काठमाडौं – मौसम परिवर्तनसँगै शरीरका विभिन्न भागमा सङ्क्रमण हुने जोखिम हुन्छ। त्यस्तै नाक, कान र घाँटीमा विभिन्न समस्या देखिने गर्दछन्। यो मौसममा हावामा पानीको मात्रा घट्दा हावा सुख्खा हुन्छ। जसका कारण नाकको एलर्जी बढी हुन्छ। यतिबेला साना–साना धुलोका कण नाकमा छिर्ने गर्छन्। सुक्खा नाक भएको समयमा यसरी धुलोका कण छिर्दा एलर्जी हुने, नाकबाट रगत आउने जस्ता समस्या देखिने चिकित्सक बताउँछन्। त्यसैले उपचार भन्दा पनि रोग लाग्न नदिनु नै राम्रो हुने चिकित्सकको सुझाव छ। मौसम परिवर्तनसँगै नाक, कान र घाँटी सम्बन्धी कस्ता समस्या देखिन्छन् ? मौसम परिवर्तन हुँदा के कारणले यस्ता समस्या हुन्छन् ? यसको उपचार के छ ? यी र यस्तै विषयमा केन्द्रित भएर नाक, कान र घाँटीरोग विशेषज्ञ डा. अरुण सापकोटा सँग गरिएको कुराकानीः

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)