मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

अधिकांश ग्यास सिलिन्डर मापदण्डविपरीत

abhiyandaily.com

सुदूरपश्चिमका महेन्द्रनगर, धनगढी, दिपायल, डँडेलधुरा र टीकापुर क्षेत्रमा विक्रीवितरण भइरहेका खाना पकाउने एलपी ग्यास सिलिन्डर कम गुणस्तरको हुनुका साथै मापदण्डविपरीत भएको पाइएको छ । सरकारी अनुगमन टोलीले त्यस्ता ग्यास सिलिन्डर फेला पारेपछि कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बुद्धिबहादुर खड्काको अध्यक्षतामा गत बिहीवार बसेको विशेष बैठकले त्यस्ता ग्यास सिलिन्डर विक्री गर्नेहरूलाई कारबाही थाल्ने चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधवार महेन्द्रनगर बजार क्षेत्रका मनकामना, भेरी र खरेल गरी तीनवटा ग्यास डिलरमा छापा मारेको थियो । सो कार्यालयका शाखा अधिकृत केशवदत्त जोशीको संयोजकत्व गठित सरकारी टोलीले छापा मारेको हो । ती डिलरहरूले १० वर्ष पुराना सिलिन्डरहरू विक्री गर्दै आएको, पाइपहरू पनि स्थानीय बजारकै प्रयोग गरिरहेको र ग्यास रेगुलेटरहरू पनि कमसल प्रयोग गरेको पाइएको संयोजक जोशीले बताए । उनले भने, ‘ती तीनै डिलरलाई आइन्दा त्यस्ता गुणस्तरहीन सिलिन्डर विक्री वितरण नगर्न कडा चेतावनी दिइएको छ ।’

वर्ष ६ अंक १६, मंगलवार, ५ असोज, २०६७

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)