बैंकको क्रश होल्डिङ शेयर भएका लघुवित्तहरू मर्ज हुनुपर्ने
abhiyandaily.com
काठमाडौं । अब संस्थागत शेयरतर्फ बैंक तथा वित्तीय संस्थाको क्रश होल्डिङ शेयर भएका लघुवित्त वित्तीय संस्थाहरू मर्ज हुनुपर्ने भएको छ । क, ख र ग वर्गको एउटा बैंकको १० प्रतिशतभन्दा बढी संस्थापक शेयर भएका लघुवित्त वित्तीय संस्थाहरू एकआपसमा मर्ज हुनुपर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकले सोमवार एक परिपत्र जारी गर्दै त्यस्ता लघुवित्तलाई यस्तो निर्देशन दिएको हो । त्यस्ता लघुवित्तहरूले आगमी असार मसान्तभित्र एकआपसमा मर्ज हुने विषयमा आवश्यक कार्ययोजना राष्ट्र बैंकमा पेश गर्नुपर्ने बताइएको छ । यस्तै, एकभन्दा बढी क, ख र ग वर्गका बैंकको ५१ प्रतिशत शेयर स्वामित्व रहेका संस्थाहरूले पनि मर्जरको कार्ययोजना बनाउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)