चोरी भएर हराएको मोटरसाईकलसहित दुई जना पक्राउ
nepalpress.com · Mon Aug 29 16:18:21 GMT 2022
काठमाडौं । चोरी भएर हराएको मोटरसाईकलसहित ललितपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भइ हाल ललितपुरको धापाखेल बस्दै आएका भुवन डिमडुङ र मकवानपुर घर भई सोही ठाउँ बस्दै आएका महेशकुमार रानामगर रहेका छन् ।
भुवनले शंकाश्पद अवस्थामा चलाएको प्रदेश ३ ०२ ००७ प ६६ ३० नम्बरको रातो एनएस पल्सर मोटरसाइकल फेला पारी अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल महेशले दिएको भनि खुल्न आएपछि उनलाईसमेत प्रहरीले पक्राउ गरेको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)