कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी
lokaantar.com

इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्र्स (आईआरजीसी)ले आइतबार बिहान कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य केन्द्रलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ । उक्त आक्रमण हालै इरानका पाँच तटीय चौकीमा भएको अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप गरिएको आईआरजीसीले जनाएको छ ।
विज्ञप्तिमा अमेरिकी सेनाले आइतबार बिहान आईआरजीसीको नौसैनिक जहाजसँग भएको भिडन्तलाई बहाना बनाएर इरानका पाँच तटीय चौकीमा आक्रमण गरेको आरोप लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)