मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन

ratopati.com · Tue Jan 27 20:45:35 GMT 2026

काठमाडौँ । नेपाल पर्यटन बोर्ड (एनटिभी) ले संयुक्त राज्य अमेरिकामा नेपालको पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाउने उद्देश्यसहित न्युयोर्कमा आयोजित ट्राभल एन्ड एडभेन्चर शो २०२६ मा सहभागिता जनाएको छ ।

उक्त कार्यक्रम २४–२५ जनवरी २०२६ मा जेकब के जाभिट्स कन्भेन्सन सेन्टर, न्युयोर्कमा सम्पन्न भएको हो । नेपालका लागि अमेरिका एक महत्त्वपूर्ण स्रोत बजार रहँदै आएको छ । सन् २०२५ मा एक लाख १२ हजार ३१६ अमेरिकी पर्यटक नेपाल आगमन गरेसँगै अमेरिका हाल नेपालको दोस्रो ठुलो पर्यटक स्रोत बजारका रूपमा रहेको छ । यही पृष्ठभूमिमा उत्तर अमेरिकी बजारमा लक्षित निरन्तर प्रचार–प्रसार कार्यक्रमअन्तर्गत नेपाल पर्यटन बोर्डले नेपाल पर्वतारोहण एजेन्सी सङ्घ (टान) सँगको सहकार्यमा उक्त अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)