मैत्रीपूर्ण फुटबलमा पानामासँग भारतको बराबरी
onlinekhabar.com · Fri Sep 25 17:18:03 GMT 2026
९ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले पानामासँग १–१ गोलको बराबरी खेलेको छ । शुक्रबार बैंग्लुरुको श्री कान्तिरवा रंगशालामा भएको खेलमा भारतका लागि रायन विलियम्सले पहिलो हाफमा गोल गरे पनि दोस्रो हाफमा ओमार भ्यालेन्सियाले पानामाका लागि बराबरी गोल फर्काए ।
भारतलाई खेलको ४१औँ मिनेटमा विलियम्सले अग्रता दिलाएका थिए । आकाश मिश्राले अगाडि पठाएको लामो पासलाई सदुपयोग गर्दै पानामाको रक्षापंक्तिको पछाडि पुगेका विलियम्सले गोलरक्षक मार्कोस रेयेसलाई छलाउँदै भारतलाई १–० को अग्रता दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)