धितोपत्र बोर्डको अध्यक्षमा १५ जनाको आवेदन
abhiyandaily.com
काठमाडौं (अस) । धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन् । अध्यक्ष छनोट तथा सिफारिश गर्न बनेको समितिले माग गरेकोमा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्ट, बीमा समितिका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक चिरञ्जिवी चापागार्इं, धितोपत्र बोर्डकै उपकार्यकारी निर्देशक डा. नवराज अधिकारी, कृष्णराज पोखरेल, डा. जीवन अम्गाई, रमेशकुमार हमाल, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पूर्वसीईओ सीताराम थपलिया, शेयर लगानीकर्ता डा. केशवप्रसाद श्रेष्ठ, अम्बिका शर्मा लामिछाने, धितोपत्र बोर्डकै कार्यकारी निर्देशक नीरज गिरि, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, अनिलराज पौडेल, हेमन्त बस्यालले तोकिएको समयभित्र आवेदन दिए ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम उच्च नैतिक चरित्र भएको, कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन या कानून क्षेत्रमा कम्तीमा ७ वर्षको पेशागत अनुभव प्राप्त गरेको, धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफाबमोजिम अयोग्य नरहेको र आवेदकले आवेदन दिने अवधिभित्र ३० वर्ष पूरा भई ६० वर्ष ननाघेकाले आवेदन दिन योग्य हुने मापदण्ड तोकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)