विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
ratopati.com · Fri Sep 25 18:22:17 GMT 2026

कास्की । देशको पर्यटकीय राजधानी पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा विश्व पर्यटन दिवसका अवसरमा यही असोज ११ गते साँझ मिनी सडक महोत्सव आयोजना हुने भएको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले आज पत्रकार सम्मेलन गरी यही सेप्टेम्बर २७ मा विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक तथा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमसहित महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
महोत्सवमा पोखराको मौलिक संस्कृति, स्थानीय कला, खानाका परिकार र आतिथ्यलाई विशेष प्राथमिकता दिइने जनाइएको छ । रेवानका अध्यक्ष वसन्त गौतमका अनुसार पर्यटन क्षेत्रले विभिन्न चुनौती र विषम परिस्थितिको सामना गरिरहेका बेला ‘नेपाल खुला छ’ र ‘पोखरा पर्यटकको स्वागतका लागि तयार छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)