नेपाल सुनचाँदी कला व्यवसायी संघको अध्यक्षमा बालकुमार विश्वकर्मा (सुमन) विजयी
ajakoartha.com · Sun Jun 07 04:59:00 GMT 2026

काठमाडौं- नेपाल सुनचाँदी कला व्यवसायी संघको दशौं अधिवेशन तथा २४औं साधारण सभा सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न अधिवेशन तथा साधारणसभाले बालकुमार विश्वकर्मा (सुमन)को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
अध्यक्षमा विश्वकर्माले १६४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी विष्णुभक्त बराइलीले १०६ मत प्राप्त गरेका थिए । त्यसैगरी द्वितीय उपाध्यक्षमा आकाश रिजालले १७५ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी केदारनाथ सुनार ले ९२ मत प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)