मानुषी लघुवित्तको साधारणसभा असार १३ गते, मर्जर प्रस्ताव पारित गर्ने
arthasansar.com

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा आगामी असार १३ गते बनेपामा रहेको होटल उग्रचण्डीमा बिहान साढे १० बजेदेखि बस्ने गरी आव्हान गरेको हो ।
सभामा जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तसँग एक आपसमा गाभ्नेरगाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन पारित गरिनेछ । यस्तै तीनवटै लघुवित्त एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा हालसम्म भएका निर्णय तथा कामकारवाहीलाई अनुमोदन गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)