निर्वाचन माहोल: ‘गुलजार’ मोफसल सुनसान काठमाडौं
rajdhanidaily.com · Tue Jan 27 23:10:45 GMT 2026

काठमाडौं । देशभर प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले आक्रामक प्रचार गरिरहँदा काठमाडौं उपत्यका भने सुनसानप्रायः देखिएको छ । विगतमा चुनावी माहोल संघीय राजधानीकेन्द्रीत हुँदा जिल्लाका गतिविधि तुलनात्मक रूपमा कमजोर देखिन्थे । तर, यसपटक ‘हेभिवट’ उम्मेदवार राजधानीबाहिरबाट प्रतिस्पर्धामा उत्रिएको र राजधानीवासीमा चुनावी मोह कमजोर बन्दा बाहिरी माहोल तातेको नेता स्वयं स्वीकार्छन् ।
विगतका आमनिर्वाचनमा पार्टीका प्रमुख तथा शीर्षनेता, पूर्वप्रधानमन्त्री, सभामुखलगायतका कारण चर्चामा रहने काठमाडौं उपत्यकामा यसपटक ‘हेभिवेट’ उम्मेदवार कम छन् । कांग्रेस महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र–५ र सहमहामन्त्री उदय शमशेर राणाले ललितपुर क्षेत्र–१ बाट उम्मेदवारी दिएका छन् । यसबाहेक कांग्रेसबाट ‘हेभिवेट’ उम्मेदवार छैनन् । कांग्रेसले उपत्यकाका अधिकांश निर्वाचन क्षेत्रमा विगतमा परीक्षण नभएका नयाँ अनुहार अघि सारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)