मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

२० वर्षमुनिकाे महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्दै

Ujyaaloonline.com · Tue Jun 06 00:17:50 GMT 2023

काठमाण्डाै – एएफसी २० वर्षमुनिकाे महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज मङ्गलवार घरेलु टोली म्यानमारसँग खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।

छनोटको समूह 'बी' मा नेपाल, म्यानमार, चीन र चाइनिज ताइपेई रहेका छन् । नेपालले पर्सि बिहीवार चीन र शनिवार चाइनिज ताइपेईसँग खेल्नेछ । नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)