हलेसी तुवाचुङका १३ महिलाको पाठेघर खस्ने समस्याको सफल शल्यक्रिया
rajdhanidaily.com · Tue Jan 27 23:20:29 GMT 2026

खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ जना महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा पाठेघर खस्ने समस्या पहिचान भएका २२ जना महिलामध्ये पहिलो चरणमा १८ जनालाई गाडी रिजर्भ गरेर शिर मेमोरियल अस्पताल बनेपा लगिएकामा १३ जनाको सफल शल्यक्रिया भएको हो ।
अस्पताल जाने–आउने, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउनेगरी पाठेघर खसेका महिलालाई निःशुल्क उपचार गराउन सुविधायुक्त अस्पताल लगिएको नगर प्रमुख विमला राईले जानकारी दिइन् । नगर पमुख मेयरका अनुसार पाठेघर खसेर तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका महिलालाई मात्र अस्पताल लगिएको थियो । अस्पताल लगिएकामध्ये १३ जना महिलाको सफल शल्यक्रिया भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)