मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेत क्षेत्र–१: साहिँलो भाइले जोगाउँलान् पूर्णबहादुरको बिरासत ?

rajdhanidaily.com · Tue Jan 27 23:16:53 GMT 2026

सुर्खेत । नेपाली कांग्रेसका लागिमात्र होइन सुर्खेत–१ संसदीय निर्वाचन क्षेत्र । यो समग्र कर्णालीको राजनीतिमा पनि विशेष महत्व राख्ने क्षेत्र हो । यस क्षेत्रको चर्चा हुँदा झट्टै सम्झनामा आउने नाम हो– पूर्णबहादुर खड्का । झण्डै तीन दशकभन्दा बढी समयदेखि यो क्षेत्र कांग्रेसका लागि सुरक्षित किल्लाजस्तै छ । जसको प्रमुख श्रेय खड्काकै निरन्तर राजनीतिक उपस्थितिलाई जान्छ ।

२०४८ सालदेखि सुरु खड्काको संसदीय यात्रा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाहेक निरन्तर प्रत्यक्ष निर्वाचनमार्फत् अघि बढ्यो । ७ निर्वाचनमध्ये २०७४ सालमा मात्रै उनले पराजयको स्वाद चाख्नुप¥यो । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले नेता ध्रुवकुमार शाहीसँग उनी पराजित भए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)