मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

पुलिस रिपोर्ट अब अनलाइनबाटै

ekantipur.com · Mon Aug 07 01:01:29 GMT 2023

काठमाडौँ — विदेश आउजाउका लागि चाहिने पुलिस रिपोर्टका लागि कन्सुलर सेवा विभाग धाउन नपर्ने भएको छ । विभागले आइतबारदेखि अनलाइनबाटै चारित्रिक प्रमाणपत्र पाइने व्यवस्था लागू गरेको छ । अब विभागको साइटमा गएर फाराम भरेर त्यसबापतको शुल्क डिजिटल वालेट वा बैंकमार्फत तिरेपछि सेवाग्राहीले इमेलबाटै रिपोर्ट पाउने भएका छन् । फाराम भरेर दस्तुर तिर्ने प्रक्रिया पुर्‍याएकाले दुई दिनमा पाउने रिपोर्ट सेवाग्राहीले आफ्नो सुविधाअनुसारका ठाउँबाट प्रिन्ट गराउन सक्छन् ।

त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा हरेक दिन करिब १ हजार ६ सय सेवाग्राही पुलिस रिपोर्ट प्रमाणीकरणको आवेदन दिन र उत्तिकै प्रमाणीकरण भएको रिपोर्ट लिन पुग्छन् । बुझाउन र प्रमाणीकरण गरेको पुलिस रिपोर्ट लिन आउनेसमेत जोड्दा त्यो संख्या हरेक दिन करिब ३ हजार २ सयको हाराहारीमा हुन्छ । त्यही भवनमै रहेको राहदानी विभागमा पनि त्यत्तिकै भीड लाग्ने गर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)