मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कच्चा तेलको मूल्य यस वर्षैभरि सय डलर प्रति ब्यारेल रहने प्रक्षेपण

baahrakhari.com · Mon May 11 17:44:55 GMT 2026

काठमाडौं । कच्चा तेलको मूल्य यस वर्षैभरि सड डलर प्रति ब्यारेल रहने प्रक्षेपण सार्वजनिक भएको छ । जेपी मोर्गन बैंकले विश्वव्यापी तेलको मूल्य यस वर्ष सय डलर प्रति ब्यारेल हुने प्रक्षेपण गरेको बीबीसीले जनाएको छ ।

तेलको सहज आपूर्ति हुने अवस्था नदेखिएकाले यस्तो स्थिति आउने बैंकको भनाइ छ । स्ट्रेट होर्मुजको अवरोध हटे पनि हालसम्म आपूर्ति श्रृंखलामा कायम अवरोधका कारण मूल्यमा असर पर्ने बैंकको भनाइ छ ।''अब तेलको मूल्य यस वर्षको बाँकी समय १०० डलर रहने र सन् २०२६ भर औसत ९७ डलर रहने देखिन्छ,'' बैंकको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)