डुबानको समस्याबाट मुक्त हुँदै टीकापुर
baahrakhari.com · Sun Jan 30 01:44:00 GMT 2022
टीकापुर । कैलालीको टीकापुर नगरपालिका– १ मा निर्माणाधीन मानव मलमूत्र व्यबस्थापन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । ८५ प्रतिशत काम सकिएको र बाँकी दुई महिनामा भित्रमा सम्पन्न हुनेगरी काम भइरहेको जनाइएको छ ।
साना सहरी खानेपानी आयोजनाका इञ्जीनियर पारसमणि भट्टले भने, ‘‘एक वर्षमा सक्नुपर्ने निर्माण काम कोरोनाका कारण थप ३ महिना लाग्ने भएको छ, अगामी फागुनसम्म नगरपालिकालाई हस्तान्तरण गर्छौँ । मलमूत्र व्यवस्थापन र ढलको काम सँगसँगै भइरहेको छ ।’’ सो केन्द्र सञ्चालनमा आएपछि दैनिक ९ घनमिटर अर्थात ९ हजार लिटर मलमूत्र व्यबस्थापन गर्न सहज हुनेछ । यतिखेर घरको मलमूत्र ट्याङ्की (सक्सन मेशिन) बाट निकालेर खुला ठाउँमा जथाभावी फाल्ने गरिएको छ । विगत चार वर्षदेखि नगरपालिकाको सो मेशिनमार्फत घरमा जम्मा भएको मलमूत्र निकालिए पनि फाल्ने स्थानको समस्या थियो । यसरी जथाभावी फोहर व्यबस्थापन गर्दा वातावरण दुर्गन्धित हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)