मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

barnanmedia.com · Fri Sep 25 20:15:00 GMT 2026

पूर्वी जापानको कान्टो क्षेत्रमा आँधीपछि आएको भारी वर्षाका कारण पहिरो र बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने तीनजना अझै बेपत्ता छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा टोकियोको पूर्वमा रहेको चिबा प्रिफेक्चरका सातजना र राजधानीको दक्षिणपश्चिममा रहेको कानागावा प्रिफेक्चरका चारजना छन् । जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार कानागावाको योकोसुकामा पहिरोपछि बेपत्ता भएकी ७० वर्षीया महिलाको शव हालै फेला परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)