सुनचाँदीको मूल्य आज पनि घट्यो
clickmandu.com · Sun Jun 07 05:15:18 GMT 2026

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा १ हजार रुपैयाँ र चाँदी ३३५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मूल्य तीन लाख आठ हजार रुपैयाँ कायम भएको छ । एक तोला चाँदीको मूल्य चार हजार ८९५ रुपैयाँ निर्धारण भएको छ ।
गत शुक्रबार एक तोला सुन तीन लाख नौ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
सुनचाँदी
काठमाडौँ