नेपालगन्ज म्याराथन र यति एयरलायन्सबिच सहकार्य
gorkhapatraonline.com · Fri Sep 19 16:46:33 GMT 2025
एक दशकदेखि निरन्तर सञ्चालन हुँदैआएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी विमान कम्पनी यति एयरलाइन्सबिच सहकार्य हुने भएको छ । आगामी मंसिर ६ गते शनिवार हुने ११ औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो ।
यति एयरलाइन्सका बिजनेस डेभलपमेन्ट अफिसर युवराज बिष्ट र धारा नेपालगन्ज म्याराथनका प्रोगाम म्यानेजर कपिल थापाले सम्झौतापत्र आदानप्रदान गर्नुभयो । यो सम्झौतासँगै यति एयरलाइन्स धारा नेपालगन्ज म्याराथनको अफिसियल एयरलाइन्स पार्टनर हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)