मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शीर्ष नेता र मन्त्रीका कुर्सी रित्तै

ekantipur.com · Thu Feb 02 01:06:02 GMT 2023

काठमाडौँ — सभामुख र उपसभामुख चयन भइसकेपछि बुधबार बसेको प्रतिनिधिसभाको नियमित बैठकमा मुख्य दलका शीर्ष नेता उपस्थित भएनन् । प्रतिनिधिसभामा कायम रहेका २ सय ७३ सांसदमध्ये बुधबारको बैठकमा २ सय ७ जना मात्रै उपस्थित भए ।

शीर्ष तहका नेताहरू बस्ने संसद्को अघिल्लो लहरका कुर्सीमा बुधबार नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, कांग्रेस नेता रामचन्द्र पौडेल, एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, जनमत अध्यक्ष सीकी राउत, रास्वपाका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियार मात्रै थिए । मन्त्री बस्ने कुर्सी पनि प्रायःजसो खाली नै थिए । संसद् बैठकको नियमित प्रक्रिया सुरु भएकै दिन नेताहरू अनुपस्थित हुनु संसद्प्रतिको उपेक्षा भएको संसद् सचिवालयका एक कर्मचारीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)