मस्तिष्क मृत्यु भएकाबाट अंगदान, १३ जनाले पाए स्वस्थ जीवन
farakdhar.com · Tue Jun 25 17:16:56 UTC 2024

नेपालमा मस्तिष्क मृत्यु भएकाको अंगदानबाट १३ जनाले स्वस्थ जीवन बिताइरहेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार मिर्गौला र कलेजो फेल भई केन्द्रमा उपचार गराउन आएकामध्ये मृतकको अंगदानबाट १० जनाको मिर्गौला र तीन जनाको कलेजो प्रत्यारोपण गरिएको थियो । उनीहरु अहिले स्वस्थ जीवन बिताइरहेका छन् ।
स्यस्यः समाज यल इलाका नं. ८ इखाछें ललितपुरको आयोजना तथा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा आज महालक्ष्मी स्थानमा आयोजित मानव अंगदानसम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रा.डा. श्रेष्ठले जीवित र मृत शरीरबाट निकालिएको मिर्गौला, कलेजो र मुटु तथा अन्य अंग एक हजार तीन सय जनामा प्रत्यारोपण गर्दा ९९ प्रतिशत सफल भएको जानकारी गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)