रुसका पूर्वप्रधानमन्त्री र सेना प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी
ratopati.com · Tue Jun 25 17:17:00 UTC 2024

हेग । अन्तर्राष्ट्रिय फौजदारी अदालतले पूर्वरुसी प्रधानमन्त्री सर्गेई शोइगु र सेना प्रमुख भ्यालेरी गेरासिमोभविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनीमाथि युक्रेनमा युद्ध अपराध र मानवता विरुद्धको अपराधको आरोप छ।
दुबैलाई नागरिक पूर्वाधार र बिजुली नेटवर्कमा मिसाइल आक्रमणको आदेश दिएको आरोप लगाइएको छ। रुस अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्य होइन। उसले यो घोषणालाई अस्वीकार गर्दै यसको कुनै महत्त्व नभएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)