मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पौडेलसहित ६४ जनाले गरेनन् मतदान

ekantipur.com · Mon Dec 13 19:13:26 GMT 2021

काठमाडौँ — कांग्रेसको महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान सोमबार राति साढे ११ बजे सम्पन्न भयो । ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ जनाले मात्रै मतदान गरेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

कूल मतदातामध्ये ६४ जनाले भने मतदान नगरेको बताइएको छ । जसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि छन् । यसअघि सभापति पदका लागि दाबी गर्दैआएका नेता पौडेलले शेखर कोइरालालाई आफ्नो समर्थन रहेको जनाए पनि सोमबार मतदानमा भने सहभागी भएनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)