रोल्पामा पहिरोले पुरिएर दुई महिलाको मृत्यु
kendrabindu.com · Sun Jul 26 02:59:30 GMT 2026

काठमाडौं। रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा पहिरोमा पुरिँदा दुई महिलाको मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन्।
शनिबार दिउँसो गएको पहिरोमा परेर गाईबाख्रा चराउँदै रहेका स्थानीय ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगर पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा साँझ दुवै जनाको शव पहिरोबाट निकालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)