सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
barnanmedia.com · Fri Sep 25 21:15:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा बिहीबार ह्वाइट हाउसमा राजकीय रात्रिभोज आयोजना गर्नुभएको छ । रात्रिभोजमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व, अर्बपति तथा व्यापारिक नेताहरू सहभागी थिए ।
रात्रिभोजमा ट्रम्पले अमेरिका र चीन फरक राजनीतिक प्रणालीका भए पनि दुई देशका जनताबीचको सम्बन्ध कायम रहेको बताउँदै आगामी पुस्ताका लागि समृद्धि र सुरक्षालाई प्रवद्र्धन गर्ने सम्बन्ध निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो । सीले पनि दुवै देशका महत्त्वाकाङ्क्षी राष्ट्रिय लक्ष्य पारस्परिक रूपमा सुदृढ हुनसक्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)