नोबेल पुरस्कार विजेता युनुसलाई ६ वर्ष जेल सजाय
rajdhanidaily.com · Mon Jan 01 23:32:34 GMT 2024
ढाका । बंगलादेशका नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई सोमबार श्रम कानुनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै ६ वर्षको जेल सजाय तोकिएको छ । उनका समर्थकले उसो मुद्दालाई राजनीतिबाट प्रेरित रहेको दाबी गर्दै आएका छन् ।
८३ वर्षीय युनुसलाई आफ्नो अग्रणी माइक्रोफाइनान्स बैंकमार्फत लाखौंलाई गरिबीबाट माथि उकास्ने श्रेय दिइन्छ तर लामो समयदेखि प्रधानमन्त्री रहेकी शेख हसिनासँग उनले दुश्मनी कमाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)