खरानी बन्यो नेपाली राजनीतिक परिवर्तनको साक्षी कोइराला निवास
ekantipur.com · Fri Sep 19 17:33:45 GMT 2025

२४ भदौ दिउँसो, घडीले ३ बज्नै लागेको हुन्छ । कोशी अस्पताल अघिल्तिरको गल्लीबाट अराजक भीड पश्चिमतर्फ सोझिन्छ । केही पाइलामै हरियो रङले पोतिएको पुरानो फलामे गेट भत्काएर अराजक हूल भित्र छिर्छ । अनि सुरु गर्छ ताण्डव । पहिला तोडफोड, लुटपाट पछि आगो झोसेर टोली बाहिरिँदै जान्छन् । करिब सय वर्षभन्दा पुरानो राजनीतिक इतिहास बोकेको कोइराला निवासलाई आगोको लप्काले निल्दै जान्छ ।
भीषण आगोको ज्वालाले क्षणभरमै खरानीमा परिणत हुन्छ, नेपाली राजनीतिक परिवर्तनको जीवित साक्षी कोइराला निवास । जेन–जी आन्दोलन पछिको प्रदर्शनमा विराटनगरको मुटु हल्लिरहेको थियो, नेताहरूविरुद्धको नाराको गर्जन सहरभर गडगडाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)