इनारमा निसास्सिएर युवकको मृत्यु, वडा अध्यक्षसहित पाँच जनाविरुद्ध जाहेरी
gorkhapatraonline.com · Sun Jun 07 05:20:21 GMT 2026

महोत्तरीको गौशाला नगरपालिका–१२ पररियास्थित निर्माणाधीन इनारमा काम गर्ने क्रममा निसास्सिएर एक युवकको मृत्यु भएपछि वडा अध्यक्षसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जाहेरी दर्ता गरिएको छ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ निवासी चन्द्रप्रकाश महतोले आफ्ना २१ वर्षीय छोरा बसन्त कुमार कुशवाहाको मृत्यु लापरवाहीका कारण भएको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय गौशालामा जाहेरी दिनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)