भारतमा ‘कक्रोज जनता पार्टी’को प्रदर्शन जारी
kendrabindu.com · Sun Jun 07 05:23:17 GMT 2026

नयाँदिल्ली । भारतको ककरोच जनता पार्टी (सीजेपी) पार्टीका संस्थापक अभिजित दीपकेले सरकारले आफूहरूले सामाजिक सञ्जाल गरेका पोस्ट मेटाउन सक्ने तर आफ्नो पार्टीलाई मेटाउन नसक्ने बताएका छन्।
निट पेपर लिक र अन्य परीक्षामा भएका अनियमितताविरुद्ध ककरोच पार्टीले आज भारतको राजधानी दिल्लीमा प्रदर्शन गरिरहेको छ। त्यसका लागि पार्टीका संस्थापक दीपके अमेरिकाबाट आजै भारत आइपुगेका थिए।
विरोध प्रदर्शनमा सहभागी हुँदै उनले भने, ‘भारत आइपुग्नेबित्तिकै मलाई लाग्यो- यो मेरो स्वतन्त्रताको अन्तिम क्षण हो। सरकारले हाम्रा सामाजिक सञ्जालका पोस्ट मेटाउन सक्छ, तर हामीलाई मेटाउन सक्दैन।’
अभिजितसँगै हजारौँ प्रदर्शनकारी विरोधमा सहभागी भइरहेका छन्। तीमध्ये धेरैजसो विद्यार्थी र युवा छन्। केही वृद्धवृद्धा पनि आफ्ना बालबच्चा लिएर प्रदर्शनमा सहभागी भएका छन्। ककरोच पार्टी सामाजिक सञ्जालमा व्यंग्यात्मक अभियान सञ्चालन गरेर उदाएको हो।
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पहाडी भेगमा यस वर्ष कम पानी पर्ने, गर्मी धेरै हुने सूचना जारी गरेको छ । प्रत्यक्ष रूपमा प्रि-मनसुन र मनसुनको त्यति धेरै सम्बन्ध नहुने भएकाले कम वर्षा हुने सम्भावना धेरै त छ, तर पूर्वानुमानविपरीत यो वर्ष ठूलो वर्षा हुन पनि सक्छ । धेरै पानी परे बाढी, पहिरो, डुबान, चट्याङ जस्ता विपद्का घटना हुन सक्छन् भने कम परे खडेरी, लुजस्ता विपद् आउन सक्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ
मौसम