मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्याको इन्ट्रीले एमालेमा भूकम्प, अल्पमतमा पर्दै ओली

barnanmedia.com · Thu Jul 17 21:28:57 GMT 2025

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएकी मात्र छैनन् आगामी महाधिवेशनबाट नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने घोषणा पनि गरेकी छन्। जसकारण एमालेमा भूकम्प गएको छ। एमाले बहुपदयी दल भए पनि अध्यक्ष केपी शर्मा ओलीको निर्देशन र राय नै सर्वसज्ञा हुँदै आएको छ, माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजसरी नै।

संसद विघटनपछि एमाले ब्यूतिनु अनि एमाले विभाजन भएर माधवकुमार नेपाल, झलनाथ खनालहरू बाहिरिएपछि त एमालेमा ओलीमाथि औंलो ठड्याउनेहरू सिधै कारबाहीमा पर्दथे। भीम रावलहरू त्यसका शिकार भए। त्यही भएर एमालेमा ओलीविरुद्ध बोल्न निषेध थियो। सबैभन्दा शक्तिशाली सचिवालयमा ओलीको चाहनाविपरित कुनै निर्णय त छलफल पनि हुँदैनथ्यो। त्यही भएर पार्टी पंक्तिमा ओलीविरुद्ध बोल्ने हिम्मत गर्दैनथे। तर, विद्या एकाएक सक्रिय एवं आक्रामक बनेपछि भने एमालेको असन्तुष्ट पक्ष मात्र खुसी भएको छैन, एमाले छाडेर एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपालहरू गदगद छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)