मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिनियाँ राष्ट्रपति सी अमेरिका पुग्दा बदलिएको शक्ति सन्तुलन : चीन पहिलेभन्दा आत्मविश्वासी

barnanmedia.com · Fri Sep 25 22:02:01 GMT 2026

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिका भ्रमणमा पुग्दा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकै फरक स्थितिमा वार्ता गर्दैछन् । किनकि सन् २०१७ मा अमेरिकी राष्ट्रपति ट्रम्पको मार–ए–लागो रिसोर्टमा दुई नेताबिच भएको शिखर वार्ताका बेला चीन धेरै क्षेत्रमा अमेरिकाभन्दा पछाडि थियो । त्यसपछिको वर्षमा पनि चीनमाथि ट्रम्पले लगाउन लागेको प्रविधि तथा व्यापारसम्बन्धी प्रतिबन्धको तनावका कारण चीन थप दबाबमा पर्ने अवस्थामा थियो ।

तर अहिले सी यस्तो देशको नेतृत्व गर्दै अमेरिका पुगेका छन्, जुन देशमा उल्लेखनीय परिवर्तन आएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन प्रविधिको क्षेत्रमा शक्तिशाली मुलुकका रूपमा उदाएको छ । चीनमै विकसित प्रविधि प्रतिभाले चिनियाँ एआई मोडेललाई सिलिकन भ्यालीको अग्रपंक्तिको हाराहारीमा पुर्‍याइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)