मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अविरल वर्षाले उखु खेतीमा क्षति

barnanmedia.com · Fri Sep 25 22:16:20 GMT 2026

विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहितको हावाहुरीका कारण सिरहाको विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवको करिब दुई बिघा जमिनमा लगाउनुभएको उखुबारीमा क्षति पुगेको हो ।

हावाहुरी र अविरल वर्षाका कारण भाडामा लिएर गरेको उखु खेतको उखुका बोटहरू लडेपछि उत्पादन घट्ने र लगानी नउठ्ने अवस्था आएको उनले बताए । उखु खेतीमा यादवले चार लाख रुपैयाँ ऋण तथा सापटी लिएर लगानी गरेका थिए । उखु खेती राम्रो उत्पादन भएको भए करिब १० लाख रुपैयाँ आम्दानी हुने उहाँको अपेक्षा गरेपनि हावाहुरी र अविरल वर्षाले लगानीसमेत फिर्ता नहुने उनको चिन्ता छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)